Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तका यस्ता फ्यान छन् जसले कल्पना भन्दा बाहिरका कृयाकलाप गर्छन । रजनीकान्तलाई केही फ्यानहरुले भगवानका रुपमा पुजा गर्छन । रजनीकान्तले दशकौंदेखि फ्यानमाझ आफ्नो वर्चस्व कायम गरेका छन् । रजनीकान्तलाई मनपराउने उनका फ्यानहरुले उनको तस्वीरमा भगवानको रुपमा पूजा गर्छन् ।

हालैमात्र अभिनेताको नयाँ फिल्म ‘अन्नाथाइ’बाट अभिनेताको पहिलो लुक्स सार्वजनिक गरियो । पोस्टर सार्वजनिक हुनासाथ उनका फ्यानले केही यस्ता काम गरे, जुन कल्पनाभन्दा बाहिरको कुरा थियो ।

आफूलाई रजनीकान्तको फ्यान बताउने एक समूहले फिल्मको पोस्टर सार्वजनिक हुनासाथ बाख्राको ब लि दिएका छन् । ब लि दिनासाथ त्यसको र ग त ले रजनीकान्तको पोस्टरमा ‘अभिषेक’ गरेका छन् ।

यसको भिडियो ट्वीटरमा भाइरल भएको छ । कतिपयले अभिनेतालाई भगवानको रुप मान्नु ठिक भए पनि उनको नाममा यसरी र ग त चढाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।

रजनीकान्तको फ्यान क्लब अल इण्डिया रजनीकान्त रासिकर मान्दरमका प्रशासक वीएम सुधाकरले घटनाको निन्दा गरेका छन् । यो विषयमा रजनीकान्तले कुनै प्रतिक्रिया दिएका छैनन् ।