Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ठूलो सफलता मिलेको छ । उनी एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् । बेलायतको गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा गरेको हो । उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो ।

गाला बिंगोले दीपिकालाई पछ्याउने फ्यानसँगै गुगल सर्च र दीपिकाको नाममा प्रकाशित भएको समाचारलाई समेत आधार मानेर एक नम्बर मानेको हो । गला बिंगोले फिल्म, व्यापार, राजनीति र फेसन क्षेत्रका मान्छेलाई पनि यो सूचीमा समेटेको छ ।

गला बिंगोले गरेको यो घोषणासँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडलको बराबरीमा पुगेकी छन् ।

यो अर्को समाचार, देशमा यतिबेला अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बहसको विषय बनेको छ । सत्तारुढ दलहरु संसोधनसहितको एमसीसी संसदबाट पारित गराउन चाहेका छन् भने सत्ता बाहिरका दलहरु विरोधमा उत्रिरहेका छन् ।

यस विषयमा नेपाली कलाकारहरुले पनि आफ्नो अभिव्यक्ति दिइरहेका छन् । आज सदावहार नायिका करिश्मा मानन्धरले एमसीसी सम्झौता गर्न नहुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीले जनतालाई दुःख दिने आशय गरेकी हुन् । घरभित्र कलह निम्त्याउन नहुने उनको तर्क छ । उनले घरमा हात्ती ल्याएर घरकै मान्छे बाहिर बस्नु परेमा हात्ती ल्याउनुको के अर्थ भन्दै एमसीसीको विपक्षमा उभिएकी हुन् । घरभित्र कलह हुने तत्व भित्राउन नहुने उनको भनाई छ ।