Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

साउथ सिनेमाका सुपरस्टार अल्लु अर्जुन आफ्नो फिल्मको अलावा डाउन टु अर्थ स्वभावको लागि पनि चिनिने गरेका छन् । हालै उनी फिल्म पुष्पाको शुटिंगको लागि आन्ध्र प्रदेश स्थित मरेडुमिली जंगल हुदै गईरहेका थिए ।

यसैक्रममा अल्लु अर्जुनले सडक किनारमा रहेको एक सानो टिफिन सेन्टरमा डोसाको स्वाद लिन्छन् । उनको यो भिडियो सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । फिल्मका निर्देशक सुकुमारले जंगलमा एक लामो शेड्युलको प्लान बनाएका थिए ।

भारी बर्षाका कारण शुट लोकेशनलाई बदलेर काकिनाडामा शुटिंग गर्ने योजना बनेको थियो । यसैक्रममा यात्रा गरिरहेका अल्लु अर्जुनले सडक किनारमा रहेको टिफिन सेन्टरमा पसेर डोसाको मज्जा लुटेका थिए ।उनले डोसा खाएपछि टिफिन सेन्टरको मालिकलाई १ हजार रुपैया दिन्छन् तर उनले लिन अस्विकार गर्छन् ।

कुराकानीको क्रममा टिफिन सेन्टरको मालिकको खराब आर्थिक स्थिती भएको थाहा पाउँछन् ।अल्लुले उनलाई हैदराबाद आउनका लागि तत्काल आग्रह गर्छन् । यति ठुलो स्टारको यस्तो सरल स्वभाव देखेर उनका फ्यानहरुले एकदमै तारिफ गरेका छन्।भिडियो