Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

काठमाडौं। बिग बोस ओटीटी फेम उर्फी जावेद सानो पर्दाकी चर्चित अभिनेत्री हुन् । हालै बिग बोसमा देखिएकी उर्फी पहिलो हप्तामै आउट भइन् । शोबाट बाहिरिएपछि उनी आफ्नो ड्रेसअपका कारण लगातार ट्रोल भइरहेकी छिन् ।

पछिल्लो समय उर्फी सामाजिक संजालमा निकै सक्रिय देखिएकी छिन् ।हालै एयरपोर्टमा ब्रा देखाउँदै पुगेका कारण उनलाई निकै ट्रोल गरिएको थियो । अहिले फेरि उनी मोजाको ब्रा बनाएर लगाएपछि फेरि ट्रोलरको निशानामा परेकी छिन् । मंगलबार उर्फीले बैजनीको पेन्टसँग गाढा बैजनी रंगको मोजालाई ब्राको रुपमा लगाएर पोज दिइन् ।

यो पालुकमा उनले पापाराजीलाई पनि पोज दिइन् । यसपछि उनको फोटो र भिडियोलाई लिएर निकै ट्रोल गरिएको छ ।स्वयं उर्फीले पनि यो लुकमा कैयौं फोटोहरु शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले आफूले मोजाको ब्रा बनाएको र टिसर्टलाई काटेर आफ्नो यो नयाँ आउटफिट बनाएको बताएकी छिन् ।

सामाजिक संजालमा केहीले उनको सिर्जनशीलताको तारिफ गरेका छन् भने केहीले उनलाई ट्रोल गरेका छन् ।