Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

काठमाडौं । अफगानिस्तानका बारेमा तालिबान सत्तामा पुनः आएपछि चर्चा धेरै भइरहेको छ । तालिबान आएसँगै केहि कानून र परम्पराहरु चर्चामा आएका छन् ।

अफगानिस्तानमा हिजाब लगाएका महिलाहरुको तस्विर निकै चर्चा र आलोचनाको शिकार हुँदैछन् । कालो हिजाब लगाएका महिलाहरुलाई हेरेर त्यहाँको असल संस्कृतिका बारेमा चर्चा भइरहेको हो ।

अफगानिस्तानका महिलाहरुले सामाजिक सञ्जालमा विभिन्न तस्विरहरु साझा गर्दै हिजाबलाई काउन्टर गर्न खोज्दैछन् । तालिबान आएसँगै हिजाब शैक्षिक संस्थाहरुमा पनि अनिवार्य गरिएको छ ।

महिला र पुरुषहरु लाई अलग अलग राखेर पढाउन थालिएको छ । तालिबानका यी नियमहरुको विरोध गर्नको लागि, केहि अफगान महिलाहरु जीवन्त, परम्परागत अफगानी पोशाकहरुमा तालिबानको नियमलाई काउन्टर गर्नका लागि साझा गरिरहेका छन् ।

यो अभियान अफगानिस्तानको अमेरिकन विश्वविद्यालयकी पूर्व संकाय सदस्य डा. बहर जलालीले सामाजिक सञ्जालमा आफ्नो तस्विर साझा गरेपछि बाहिर आएको थियो ।

हिजाब लगाउने कानुनतालिबानले अनिवार्य गरेपछि उनले लेखेकी थिइन्, ‘अफगानिस्तानको इतिहासमा कुनै महिलाले यस्तो लुगा लगाएका छैनन् ।’ परम्परागत अफगान पोशाकबारे तालिबानले गलत्त जानकारी दिइरहेको उनको आरोप छ । धेरै महिलाहरु उनको समर्थनमा अगाडि आएका छन् ।

परम्परागत अफगान कपडामा उनीहरु आफ्नो तस्विर साझा गरेर विश्वलाई जानकारी दिन खोज्दैछन् । डीडब्लु न्यूजका अफगान सेवा प्रमुख वास्लात हसरत नाजिमीले क्याप्सनको साथ एउटा तस्विर साझा गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘म काबुलमा परम्परागत अफगान पोशाक लगाएकी छु । यो अफगान संस्कृति हो र अफगानी महिलाहरुको पोशाक यस्तै हुन्छ ।’ पेमाना असदले लेखेकी छिन्, ‘यो अफगान संस्कृति हो ।

मेरो परम्परागत पोशाक, प्रेरणाको लागि डा. बहार जलालीलाई धन्यवाद । हाम्रो सांस्कृतिक पोशाक तालिबानले महिलाहरुलाई लगाउन भनेको पहिरन होइन ।’ बीबीसीकी पत्रकार सना सफी पनि ति धेरै महिलाहरु मध्ये एक हुन्, जस्ले सामाजिक सञ्जालमा आफ्नो तस्विर राखिन् ।

उनी भन्छिन्, ‘त्यसो भए अफगानी महिलाहरु कसरी लुगा लगाउँछन् ? उनीहरु सोध्छन् । यो यस्तै हो । यदि म अफगानिस्तानमा थिएँ भने मेरो टाउकोमा स्कार्फ हुन्थ्यो । यो रूढिवादी र परम्परागतको रूप मा म/तपाइँ पाउन सक्नुहुन्छ ।’

यो आश्चर्यजनक छ कि कसरी यी महिलाहरुलाई तालिबानको प्रतिगामी कानूनबिरुद्ध आफ्नो आवाज बुलन्द गर्ने एक अविश्वसनीय तरीका मिल्यो । सामाजिक सञ्जालमा तस्विर साझा गर्ने मध्य धेरैले अफगानिस्तान छोडेको अनुमान गरिएको छ ।