Jagaran Nepal बुधबार, भाद्र ३०, २०७८

काठमान्डौ – मनोरञ्जनको दुनियासँग जोडिएका सेलिब्रेटीहरु चर्चामा आउनका लागि के–केसम्म गर्न तयार हुन्छन् भन्ने उदाहरण मेक्सिकोका र्यापर डेन सरलाई लिँदा हुन्छ ।

उनले चर्चामा आउन एउटा यस्तो काम गरे, जुन काम अहिलेसम्म कसैले गर्न सकेको छैन ।उनले आफ्नो कपालको ठाउँमा सुन र हीराको चेन लगाएका छन् । उनको जस्तो लुक्स यसअघि कहीँ पनि देखिएको थिएन । उनले सबैभन्दा अलग देखिनका लागि यो बाटो अपनाए ।

समाचारअनुसार डेनले यो सर्जरी अप्रिलमा गरेका थिए । तस्वीरमा हेर्दा डेनले कपाल हटाएर सुनको मोटो–मोटो चेन लगाएको प्रस्ट देख्न सकिन्छ । डेनको टाउकोमा सुनको अलावा हीराको चेन पनि छन् ।जब डेनको यो लुक्स सार्वजनिक भयो, उनको चर्चा व्यापक चुलियो ।

कसैले यसलाई विशेष भनेका छन् भने केहीले पागलपन भनेका छन् । डेनले आफ्नो शैलीलाई अरुले कपि गर्नसक्ने भनि चिन्ता व्यक्त गरेका छन् ।मेक्सिको(एबीपी लाइभ)