Jagaran Nepal मंगलबार, भाद्र २९, २०७८

एजेन्सी । भारतको महाराष्ट्रको वर्धा जिल्लाको सेलु तालुका बोरखेडी कलानमा अनौठो घटना भएको छ । एक ७ वर्षीया पद्माकर गडकरी राती घरमा सुतिरहेकी थिइन्। राती ११ बजेतिर एउटा कोबरा घाँटीमा बेरिएर बस्यो । उनी निदाइरहेको बेला कोबरा आएको थियो । उनले आफ्नो फन बाहिर निकालेर फैलाएको थियो ।

करिब एक घन्टा सम्म त्यसरी कोबरा बस्यो । जब बालिकाको आँखा खुल्यो आफ्नो आँखै अगाडी त्यस्तो दृष्य देखेर उनी कराइन् । उनको आवाज सुनेर घरका परिवारका सदस्य पनि सबै उठे । आफ्नो ७ वर्षकी छेरीको त्यस्तो हालत देखेपछि परिवारका सदस्यहरु पनि कराए ।

उनका आमा बुबा उठे र उनीहरुको अगाडिको दृश्य देखेर हैरान भए। आवाज सुनेपछि छिमेकीहरु घर पुगे र अगाडिको दृश्य देखेर उनीहरु पनि डराए । उनीहरुले स र्प बोलाउनेलाई घरमा बोलाए । उनले पनि त्यसलाई बाहिर निकाल्न सकेनन् । ति साथीले भने की यो एक कोबरा हो जसलाई नाग भनेर पुजा गरिन्छ ।

केटीको घाँटीमा करिब एक घण्टा सम्म नाग बसिरहेको थियो। बालिका लगातार लामो समय सम्म त्यसरी बस्न सकिनन् । उनी डराएर चलिन् । जब बालिका चलिन् त्यो नागले उनलाई टो क्यो । त्यसपछि ढोकावाट बाहिर निस्कियो । ती बालिकालाई उपचारको लागी सेवाग्राम अस्पताल लगिएको थियो जहाँ उनको उपचार सुरु भयो।