Jagaran Nepal मंगलबार, भाद्र २२, २०७८

काठमाडौ । कपाल महिलाको सुन्दरताको एक पक्ष हो । लामो कपाल हुने युवती मन पराउनेहरु धेरै छन् ।

निक्कै नै लामो कपाल युवतीको शान र मानपनि हो । तर यस्तो गाउँ जहाँ कुनै एक जनाको मात्र हैन ।

त्यो गाउँमा जन्मिने सबैको कपाल लामो नै हुन्छ । त्यो कारण के हो ? दुनियाँ यो जान्न इच्छुक छ । कारणपनि निक्कै गज्जब छ ।

आज हामी त्यही उक गाउँको कुरा गरिरहेका छौ । उहाँ महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ ।

त्यहाँ हरेक वर्ष झण्डै लाखको संख्यामा पर्यटकहरु आउँछन् । जसको उदेश्य भनेकै महिलाको लामो कपाल हेर्नु हो ।

यो खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो ।

उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ ।

महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियाँमा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी एक लाखभन्दा बढी पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।

यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।

यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे ।

केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो ।

कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ । अहिले उनीहरु विश्वभरीका पर्यटकहरुलाई कपाल देखाउँछन् । कपाल देखाउँने उनीहरुको पेसा नै बनेको छ ।

पर्यटनसँग आवद्ध संस्थाहरुले पर्यटक आह्वान गर्न उनीहरुलाई रकम दिएर कपाल देखाउन लगाउँछन् । अर्को रोचक कुरा के छ भने त्यो गाउँका अधिकांश महिलाहरुको कपाल लामो नै हुने गर्दछ । यसको कारण के हो भनेर खोजी हुन थालेको छ ।