Jagaran Nepal मंगलबार, भाद्र २२, २०७८

के टिकटकबाट पैसा कमाइृन्छ त ? टिकटकमा पैसा कमाउने बिषयमा सबै माँझ चर्चा हुने गर्दछ । टिकटकमा राम्रो फलोअर्स भएका टिकटक युजर्सहरुले पनि टिकटकबाट पैसा कमाईने कुरालाई इन्कार गर्दै आएका छन् तर टिकटकमा धेरै फलोअर्स भएर पनि करोड भन्दा माथि पैसा बर्षमै कमाए भनेर केहि टिकटक प्रयोगकर्ता नेपालीहरु मिडियामा आएका छन् । यसले गर्दा धेरै माँझ अन्यौलता छ । वास्तवमा कसरी कमाइृन्छ त टिकटकमा पैसा भन्ने प्रश्नका बिच बुटवलका शँकर खनाल पनि आफुले टिकटकबाट २ करोड कमाएको भन्दै मिडियामा आएका छन् । के साँच्चै शँकरले टिकटकबाट यति धेरै पैसा कमाएका हुन् त ?

टिकटकमा एउटा चश्माको कारणले र आफ्नो रमाईलो उत्तर दिने शैलीको कारणले चर्चामा आएका टिकटक युजर्स हुन्, शँकर खनाल । शिशिर भण्डारीसँगको कुराकानीमा शँकरले आफुले टिकटकबाट यति धेरै पैसा कमाएको बताए । वास्तवमा शँकर टिकटकमा रमाइृला भिडियोहरु हाल्ने गर्दछन् । बिभिन्न कमेन्टहरुलाई पढ्दै उनी रमाइृलो ढँगले उत्तर दिन्छन् । के शँकरले भनेका कुरा सत्य हुन् त ? टिकटकमा पैसा यति धेरै कमाईन्छ त ? कमाइन्छ भने कसरी ? भिडियो हेर्नुस