Jagaran Nepal आइतबार, भाद्र २०, २०७८

काठमाडौं । अमेरिकामा १ करोड ११ लाख भन्दा धेरैको प्याकेज प्राप्त गरेपछि गाउँमा खुःशीको महोल देखिएको छ ।

भारत, उत्तर प्रदेशको देउरिया जिल्ला भुजौली कोलनी निवासी डा. एसके सिंहका तीन छोरीहरू आफ्ना खुट्टामा उभिएका छन् ।

उनीहरु परिवारसहित जिल्लाको मान सम्मान बढाउँदैछन् । अमेरिकामा अध्ययनरत छोरी पूजा सिंहलाई अमेजनले एक लाख अमेरिकी डलरको प्याकेज दिएको हो ।

पूजाको सफलतापछि परिवार सहित गाउँलेहरूको पनि खुःशीको सीमा छैन ।

जानकारीका अनुसार डा. एसके सिंह, मूल रूपमा माउ जिल्लाका निवासी हुन् । तर अहिले देउरिया शहरको भुजौली कोलनी बस्दै आएका छन् ।

उनी गत बर्ष त्यहाँ जिल्लास्थित होमियोप्याथी मेडिकलबाट चिकित्साधिकारीबाट सेवानिवृत्त भएका थिए ।

उनकी श्रीमती राष्ट्रगौरव सिंह गौरीबाजार ब्लाकको कर्मेल उच्च प्राथमिक विद्यालयकी शिक्षिका हुन् ।

उनका चार सन्तानहरुमा तीन छोरी मात्रै छन भने एकजना छोरा पनि छन् । सबैभन्दा कान्छा छोरा हुन् ।

सबै बच्चाहरूलाई राम्रो शिक्षा प्रदान गरेर, दम्पतीले समाजमा छोरीहरूलाई कम मान्नेहरूलाई जोडदार शिक्षा दिएका छन् ।

उनकी जेठी छोरी डा. ज्योति सिंह चंडीगढ़बाट अध्ययनरत आँखा चिकित्सक हुन् । उनी अब आफ्नो पतिसँगै दिल्लीमा बस्छिन् ।

माइली छोरी पूजा देउरियाकैं जीवनमार्ग सोफिया माध्यमिक विद्यालयबाट उच्च माध्यामिक तहको पढाई सक्काएर बाँकी लखनऊको रानी लक्ष्मीबाई गर्ल्स कलेजबाट गरिन् ।

त्यसपछि पूजाले जीएनआईओटी ग्रेटर नोएडाबाट कम्प्युटर विज्ञानमा बी.टेक गरेर उत्तर अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयलबाट स्नातकोत्तर गर्न सफल भइन् ।

तिनै माइली छोरीलाई अब अमेजनले एक लाख अमेरिकी डलरको प्याकेजमा सफ्टवेयर इञ्जिनियरको पदमा काम दिएको हो ।

यता कान्छी छोरी विजया सिंह पनि चार्टड एकाउन्टेन (सीए) गरेर गुड़गांवस्थित एक कम्पनीमा सहायक प्रबन्धकको रूपमा कार्यरत छिन् ।

सबैभन्दा कान्छो छोरा अनिकेत आनन्द सिंह लखनऊको बीबीडीका बीबीए तेस्रो वर्षको विद्यार्थी हुन् ।

डा. एसके सिंहले भने तीनै छोरीहरू उनका गर्व हुन् । माइली छोरी पूजा सिंहको उपलब्धिबाट उनको शिर उच्च भएको छ ।

जसले समाजमा छोरीहरूलाई कम महत्त्व दिन्छन्, उनीहरुले यसबाट पाठ सिक्न सक्छन् ।