Jagaran Nepal शनिबार, भाद्र १९, २०७८

काठमाडाैं । नायिकाबाट गायिका समेत बनेकी परमिता आर एल रानाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियो शुक्रबार रिलिज भएको छ ।

यो गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक यूवतीले लिएको बदलाको कथालाई उठाएको छ ।

गीतको भिडियो आकर्षक छ । भिडियोमा परमिता आफै देखिएकी छिन् । साथमा मोडलद्धय करुणा श्रेष्ठ र आशिष केसीलाई पनि भिडियोमा हेर्न सकिन्छ ।

यो गीतको भिडियोमा सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाको छ । नेपालमा बनिरहेका भिडियो भन्दा विल्कुलै नयाँ सोच र मेकिङमा यो भिडियो निर्माण भएको छ ।