Jagaran Nepal शनिबार, भाद्र १९, २०७८

करीना कपुर खान परिवार संग छुट्टी मनाएर मुम्बई फर्किएकी छिन् । करीना आफ्नो पति सैफ अली खान तथा छोराहरु तैमुर र जेहको साथमा मालदीव गएकी थिईन् । मालदीवमा उनले सैफको ५१ औ जन्म दिन मनाएकी थिईन् । साथै छोरा जेह ६ महिनाको भएको खुशी पनि मनाएकी थिईन् ।

करीनाले जेह संगको एक क्युट फोटो इन्ष्टाग्राममा शेयर गरेकी थिईन् । यसको अलावा मालदीव जानु अघि जेहलाई परिवार संग देखिएको थियो । मालदीवबाट वापस आएर करीना कपुर खान, सैफ अली खान लाई छोराहरु संग स्पोट गरिएको थियो । यसैबेला जेहलाई नैनीले आफ्नो काखमा राखेर हिडिरहेको भिडियो अहिले बाहिर आएको छ ।

करीना कपुरले आफ्नो कान्छो छोरालाई जन्म देखी नै लुकाएर राखेकी थिईन् । साथै उनको नाम पनि लुकाइएको थियो । उनको कान्छो छोराको नाम उनको किताब प्रेग्नेन्सी बाइबलबाट बाहिर आएको थियो । तर पछिल्लो समय उनको अनुहार पनि फ्यानहरुले देख्न पाएका छन् । जेह उर्फ जहांगीर अली खानको जन्म २१ फेब्रअरी २०२१ मा भएको थियो ।