Jagaran Nepal शनिबार, भाद्र १९, २०७८

काठमाडौं ।अब चाड पर्वको समय आएको छ । तीज मान्न महिलाहरु आफन्तको घरमा जाने आउने क्रम सुरु भएको छ । चाडपर्वसंगै कतिपय ठाउँमा बाढी पहिरोका घटना पनि बढ्न थालेका छन् । दागंमा सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा ४ महिलाको निधन भएको छ ।

सिस्ने खोलामा पुल बन्दै छ । तर ठेकेदारको ढिलाइएका कारण पुल बन्न सकेन । जसका कारण स्थानिय खोलावाटै कार र सवारी साधन चाल्नु पर्ने बाध्यता छ । एउटा कारमा चालक सहित ५ जना थिए । चालक भने बाँच्न सफल भए भने महिलाहरु बेपत्ता भए । स्थानिय र प्रहरी मिलेर खोजी गर्दा दुई जना कारमा मृत अवस्थाा फेला परे । अन्य दुई जना भोलीपल्ट खोलामा केही पर मृत फेला परेका थिए ।

कार चालकका अनुसार खोला सामान्य देखेपछि उनले कार खोलामा लगेका थिए । स्थानिय बासीन्दाले भने खोला पहिला देखि नै ठूलो भए पनि कारका चालकले नटेरेर खोलामा कार हालेको बताउँछन् । हामीले इशारा पनि गरेका थियौं कार चालकले सुनेनन् स्थानियले भने, खोलामा भएको बाढीले साना कार बगायो । यो खोलामा बारम्बार यस्ता घटना भइरहने स्थानियले बताएका छन् । पुल निर्माण समयमै भएको भए दुर्घटना नहुने पुल निर्माणमा लापरवाही भएका कारण अनाहकमा महिलाको निधन भएको भन्दै स्थानिय रिसाएका छन् ।

बारम्बार हुने यस्ता घटना रोक्न पुल निर्माण समयमै सम्पन्न गर्नुपर्ने उनीहरुको भनाई छ । दागंमा सिस्ने खोला जस्ता धेरै खोलाहरु छन् । जुन सडकवाट वार पार हुन्छन् । वर्षापनि ति खोलामा बाढी बढ्दा सवारी साधन लाइन लागेर सडक किनारमा बस्ने गरेका छन् । स्थानियहरुले वर्षा समयमा जहिले पनि दुख पाउने गरेका छन् ।