Jagaran Nepal शनिबार, भाद्र १९, २०७८

भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको निधनको कारण पत्ता नलागेपछि अहिले प्रहरीको एक टोली उनको घरमा पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हृ’दयाघा’तका कारण आज उनको निधन भएको भनिए पनि स्पष्ट नभएका कारण प्रहरीले अनुसन्धान थालेको हो। उनको शरीरमा कुनै चो’ट’प’टक छैन।

तर कलाकार सिद्धार्थकाे परिवारले भने उनको मृत्युमा कुनै षड्यन्त्र नभएकाे दाबी प्रहरीसँग गरेकाे छ। परिवारजन कुपर अस्पतालमा पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा छन्। बिहीबार बिहान साढे १० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

४० वर्षीय उनी भारतको चर्चित टेलिभिजन शो बिग बोस(१३ का विजेता पनि थिए। चर्चित टेलिश्रृखंला बालिका बधुबाट उनी नेपालीमाझ पनि चर्चामा थिए। उनले कैयौँ बलिउड फिल्ममा पनि अभिनय गरेका थिए। उनी बुधबार राति औ’षधि खा’एर सुतेका थिए। तर के औ’षधि खाएका थिए, नखुलेको बताइएकाे छ। उनको निधनपछि बलिउडमात्र होइन, उनका फ्यान पनि शोकमा छन् । सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् ।

टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाए । उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शहनाजसँग विवाह गर्ने योजना बनाएका थिए ।

उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी सुरु गरिसकेका थिए । उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बेङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए । सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए ।