Jagaran Nepal शनिबार, भाद्र १९, २०७८

काठमाडौं । विश्वमा ठाउँ अनुसार विभिन्न परम्पराहरु प्रचलित छन् । उदाहरणको लागि, दक्षिण भारतमा, केराको पातमा खाना राखेर खाना खाने परम्परा छ ।

नेपालमा पनि पातमा केहि ठाउँहरुमा कहिलेकाँही खाने गरिन्छ । केराको पातमा खाना खानुले हाम्रो शरीरले पनि धेरै लाभ लिन सक्छ ।

केराको पातमा खाना खाने परम्पराबाट धेरै लाभ प्राप्त हुन्छ । आज हामी यसको धार्मिक महत्व र फाइदाबारे चर्चा गर्न गइरहेका छौं ।

केरालाई पूजनीय मानिन्छ
केरालाई एक पवित्र र सम्मानित बोट मानिन्छ । मण्डप पनि केराको पात बाट बनेको हुन्छ । भगवान सत्यनारायणको कथामा यी पातहरुको विशेष महत्व छ । वास्तु अनुसार केराको बिरुवा घरमा वा घरको अगाडि राखियो भने घरका धेरै दोषहरुलाई हटाउन मद्दत पुग्छ ।

केराको पातमा हुन्छ पोषक तत्व
केराको पातमा तातो खाना दिइन्छ । जसकारण पातहरुमा पाइने पोषक तत्वहरु खानामा आउँछ । केरामा पाइने पोषक तत्वहरुबाट धेरै लाभ मिल्छ ।

केराको पातमा दैनिक खाना खाँदा कपाल स्वस्थ रहन्छ । शरीरमा आउने पिलोलगायत अन्य समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ । पेट सम्बन्धी रोगहरु जस्तै कब्जियत, अपच, ग्यास समस्या पनि टाढा हुन्छ ।

केराको पातमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट हुन्छन्, जो पातदार तरकारीहरुमा पाइन्छ । यी एन्टिअक्सिडेन्टहरु हाम्रो शरीरमा सिधै पुग्छन् जब हामी केराको पातमा खाना खान्छौं । यसकारण, छालाले लाभ प्राप्त गर्दछ ।

केरा खाएर प्राप्त हुने फाइदाहरु, केराको पातहरुमा राखिएको खाना खाएर पनि प्राप्त गर्न सकिन्छ ।

प्लास्टिकको भाँडामा राखिएको खाना हाम्रो स्वास्थ्यको लागी राम्रो हुँदैन । साबुन सर्फ जस्तै रसायन धातु भाडा माझ्नको लागी प्रयोग गरीन्छ ।

यी रसायनहरुले हाम्रो स्वास्थ्यलाई बिस्तारै बिस्तारै हानि पुर्याउँछन् । यस्तो अवस्थामा केराको पातमा राखिएको खाना खानु धेरै लाभदायक हुन्छ ।