Jagaran Nepal मंगलबार, भाद्र १५, २०७८

काठमाडौ । उनको नाम हो राजो वर्मा । उनी पाँच भाइहरुकी एक्ली पत्नी हुन्। ( Cultures Where Women Marry More Than One Husband Simultaneously ) उनीहरुको यो ठूलो परिवार उत्तरी भारतको देहरादूनस्थित सानो शहर मा बस्छन् ।

अहिले उनीहरुले एक छोरापनि हुर्काउँदै छन् । उनीहरु कसैलाईपनी थाहा छैन जन्मिएको बच्चा कुन चै भाईबाट जन्मिएको हो ।

यसैले सबैको साझा छोरोको रुपमा शिशुले घरमा राज गरिरहेको छ । यो वास्तविकता यो युगका लागि निक्कै नौलो लाग्न सक्छ ।

तर अहिलेपनि नेपालको हिमाली जिल्ला हुम्ला लगायत उपल्लो मुस्ताङ्ग, चीनको तिब्बत, उत्तर र दक्षिण अमेरिकाको केही आदिवासी क्षेत्र र अफ्रिकामा समेत अझै यो प्रथा कायम नै छ ।

यसैले हो हामी यही युगको कुरा गरिरहेका छौ । त्योपनि नेपालको छिमेकी देश भारतकोपनि छिमेकी जिल्लाको कुरा गरेका हौ ।

भर्खरको अध्ययनले देखाएको छ कि तिब्बत, नेपाल, चीन र भारतबाट लगभग ५० समाजहरु यस प्रकारको सम्बन्ध अझै अभ्यास गर्दछन्।

हिन्दु ग्रन्थ महाभारतमा पाँच पाण्डवले द्रौपदीसँग विवाह गरेको धेरैलाई थाहा छ । यो तर सत्ययुगकोपनि कहानी हो ।

तर वास्तविक जीवनमा नै यी अभ्यास भएका छन् । यो हुनुमा हिमाली माथिल्लो भेगमा बाक्लो बस्ति नहुँनु । प्रसस्त धन दौलत नभएका कारण संयुक्त परिवारमा नै सबै बस्छन् । यसैले सम्पत्ति बाँडीचुडी नगर्नका लागि यो अभ्यास गरिएको हो यो अहिलेपनि कायम नै छ ।

द्रौपदी अर्थात याज्ञसेनी
महाभारतकी सर्वाधिक चर्चित पात्र द्रौपदी सामान्यतः बहुपतिका कारण पञ्चपाण्डवकी पत्नीका रूपमा चिनिन्छन्। कतिपय अध्येताले द्रौपदीलाई नै उदाहरणको रूपमा प्रस्तुत गरी तत्कालीन हिन्दमहाद्वीपको आर्य समाजमा बहुपति थियो भनी दाबी गर्छन्।

अहिले पनि कुनै महिलाले आफ्नो श्रीमान् छाडेर अर्को पुरुषसँग विवाह गरे ‘द्वापर युगमा द्रौपदीले गर्न हुने, आज अरुले गर्न नहुने ? ’ भनी बचाउ गर्ने पक्ष पनि हुन्छन्। त्यस्तै दुई पुरुष बनाएकी महिला भए ‘द्रौपदीजस्ती’ भनी खिस्सी गर्ने पनि हुन्छन्।

यसरी दुवै दृष्टिले द्रौपदीलाई नकारात्मक उदाहरणका रूपमा प्रयोग गरेको देखिन्छ। भारतकी उपन्यासकार तथा कथाकार प्रतिभा रायलाई यस्तो व्याख्या चित्त बुझेनछ।

‘ऐतिहासिक र पौराणिक घटना र पात्रमाथि आख्यान लेख्नमा सिद्धहस्त’ रायले द्रौपदी पात्रको यस्तो सा“घुरो परिचयमाथि प्रश्न उठाइन् र स्वंय ‘द्रौपदी’ बनेर महाभारतको पुनर्लेखन थालिन्। महाभारतलाई व्यासको कलमबाट धेरैले पढेका होलान्।

तर, ओडिया भाषाका लेखिका रायले महाभारतकै पात्र द्रौपदीको कोणबाट महाभारत लेखिन्। उनले आफ्नो उपन्यासको नाम ‘द्रौपदी’ होइन, ‘याज्ञसेनी’(१९८५) राखिन्।