Jagaran Nepal मंगलबार, भाद्र १५, २०७८

स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् । स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो ।

चिकित्सकहरुका अनुसार यो किटाणुको आ क्र णपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पु-याउँछ । यो किटाणुको आ क्र मणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण गर्ने स्क्रब टाइफस किटाणुले साउनदेखि असोजसम्म बढी आक्रमण गर्ने गरेको पाइएको छ । खास गरी जाडो महिनामा यो रोग देखिँदैन ।

गत वर्ष कान्ति बाल अस्पतालमा गरेको एक अनुसन्धानमा स्क्रब टाइफसको मृत्यु दर ५ प्रतिशत देखिएको थियो । स्क्रब टाइफस रगतको परीक्षणबाट पत्ता लाग्छ र प्रायः अस्पतालहरुमा यसको परीक्षण हुन्छ । कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईंले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार स्क्रब टाइफसको किटाणु धेरैजसो एसिया र अस्ट्रेलिया महादेशमा पाइन्छ । स्क्रब टाइफस नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपचार निर्देशिका बनाइसकेको छ ।

स्क्रब टाइफसबाट धेरैजसो किसान परिवार प्रभावित हुने गर्छन् । खेती किसानीको काम गर्ने खुला ठाउँमा बस्नेलाई बढी सर्ने सम्भावना हुन्छ । चिकित्सकहरुका अनुसार स्क्रब टाइफस मुसा वर्गको जीवबाट सर्छ । यसको किटाणु किर्नाजस्तै हुन्छ । बच्ने प्रमुख उपाय भनेको खेतबारीमा काम गर्दा गमबुट लगाउने, बाहिर खुला ठाउँमा नसुत्ने, ज्वरो आइहाले तुरुन्त उपचार गर्ने नै हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

याे पनि पढ्नुहाेस
अहिलेका नेताबाट देश विकासको आशा गर्न सकिन्न : निखिल उप्रेती
काठमाडौं । अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घा’त गर्ने दु’श्मनहरुको प्र’तिकार गर्न अपिल गरे ।

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’

उनले प्रश्न गरे, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं । आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वै’मनश्यता ।’

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे । ’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्र’ममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा वि’रामी र दोस्रो ’विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को वि’रामीमा लिन मिल्दैन ।

घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । ‘यिनीहरुले कहिले पनि देशलाई शान्त तु’ल्याउन सक्दैनन् । जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन ।हामी पनि उनीहरुकै पछि लाग्यौ ।

किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने?’ उनले प्रश्न गरे ।अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो ।

‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं । नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो । यो भूमिको डिमान्ड हो । सजिलै अरु ठाउँ जान बनाउने होइन,’ उनले भने ।

याे पनि
दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित
विवाहलाई लिएर एक भयावह घटना घटेको छ । जसले गाउँ नै स्तब्ध बनेको छ । भारत, उत्तर प्रदेश आगराको ताज शहरबाट एउटा स्तब्ध पार्ने समाचार आएको कुरा भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । मिडिया रिपोर्टका अनुसार दुई जना दाजुभाइले दुई जना बहिनीलाई विवाह गरेका थिए ।

भएको के भने विवाह भएको राति नै ति दुई दुलहीले गर गहना लिएर फरार भएका हुन् । विवाहको पहिलो रात सुरु हुनुभन्दा ठीक अघि शौचालय जाने बहानामा फिल्मी स्टाइलमा गहना–रूपैयाँ लिएर फरार भएको खुल्न आएको छ । दुलही खोज्दा सुराकसम्म पनि फेला नपारेपछि केटाहरुसहित सिंगो परिवार निराश छ ।

जानकारी अनुसार दुबै दुलहीको माइतीबाट विदा भएर आएको तीन घण्टा पछि बाह प्रहरी चौकी क्षेत्रमा रहेको फेरेरा गाउँ पुगेर फरार भएको खुल्न आएको छ । बाह प्रहरी चौकी क्षेत्रको फेरेरा गाउँ निवासी दुई भाइको बिहीबार सोनभद्रकी दुई दिदीबहिनीसँग विवाह भएको थियो ।

राति ११ बजे तिर बिहे पूरा भयो । त्यसपछि माइतीले दुई छोरी दिएर विदा गर्दिएका थिए । आरोप छ कि दुलहीको भाइले पनि विवाहको लागि एक लाख ६० हजार रूपैयाँ लिएका थिए । रातको एक बजे दुबै दुलहीहरु आफ्नो भर्खर बनेको नयाँ घर अर्थात श्रीमानको घरमा पुगेका थिए ।

राति सुत्ने तयारी हुँदै गर्दा दुलहीले शौचालय जान्छु भनिन् । भर्खर आएकी दुबै बुहारीहरू लिएर सासु शौच गराउन खेतमा गइन् । त्यहाँ एक दुलहीले जुक्ति लगाएर लोटामा ल्याएको पानी पोखिन् । त्यसपछि उनीहरुले सासुलाई फेरि पानी ल्याउनका लागि पठाए । जब सासु पानी लिएर फर्किन्, उनले दुबै बुहारीलाई देखिनन् । उनले आफ्नी दुई बुहारीमाथि केहि अनर्थ त भएन भनेर अनुमान लगाउन सुरु गरिन् ।

बुहारी हराएको कुरा उनले परिवारका सदस्यलाई पनि जानकारी गराइन् । उनीहरुले गाउँलेहरूसँग मिलेर हराएका दुलहीको खोजी शुरू गरे । तर दुबैलाई भेट्ने संकेतसम्म फेला पार्न सकिएन् । दुलहीहरुले लगाएको गहना र रुपैयाँसहित हराएका थिए । त्यसपछि सबैजना लगभग के कुरामा पक्का भए भने उनीहरु आफैं षडयन्त्रपूर्वक भागेका हुन् ।

परिवारले पछि थाहा पायो कि दुलहीहरु भाग्नको लागि पहिलदेखि नै तयार भइसकेका थिए । यसका लागि गाउँ बाहिर गाडी पार्क गरिएको थियो । दुबै दुलहीले केटापक्षलाई माइतीघर पनि ढाटेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरु सोनभद्रको नभई अरु कुनै जिल्लाको भएको हुनसक्ने जनाइएको छ ।

अहिले दुलहा र उसको परिवार दुःखी छन् । बुबाले पनि छोरालाई विवाहको लागि एक लाख ६० हजार रूपैयाँ दिएका थिए । ताकि उनीहरूको घर बसोबास गर्न सकून् भनेर उक्त रकम उपलब्ध गराएका हुन् । तर विवाहजस्तो खुःशी हात परेको ती घण्टामा नै सबथोक बर्बाद भयो ।

एजेन्सीको सहयोगमा