Jagaran Nepal मंगलबार, भाद्र १५, २०७८

एकदमै चर्चित गायक उदित नारायण झा तथा उनकी श्रीमती दीपा नारायण झा जी कमेडी शो मा स्पेशल गेस्ट बनेका छन् । शो मा उदित नारायण तथा उनकी पत्नी दीपाले छोरा आदित्यको बारेमा एकदमै गोप्य कुराहरु सार्वजनिक गरिदिएका छन् । अडियन्सलाई मनोरञ्जन दिन बनेको यस शो मा उनले आफ्नो छोराको बारेमा धेरै रहस्य खोलेका छन् ।

फराह खानले के घरमा आदित्यले काम सघाउँछ भन्ने प्रश्न राखेकी थिईन् । यस प्रश्नमा दीपाले आफ्नो छोराको बारेमा रहस्य खोल्दिएकी हुन् । उनले भनिन्– आदित्यलाई सरसफाई गर्न एकदमै मन पर्छ । उनी घरका हरेक चिज एकदमै सफा राख्छन् । जब म एक पटक हस्पिटलमा थिए , त्यतिबेला आदित्यले मेरो लागि भनेर हस्पिटलको पुरा कोठा नै सा’ फ गरेका थिए ।

कहिले काही यता उती सामानहरु छरिएका हुन्छन् त्यसलाई साफ गरेर मिलाएर राख्ने गर्छन् । यस बिषयमा आदित्य आफैले कुरा गर्दै भने– म आफ्नो परिवारको छोरा तथा छोरी दुबै हु । यस कारण घरको सबै काममा म सहयोग गर्छु । घरमा रहेको सामानहरु साफ गर्न कसैलाई मेरो जति राम्रो लाग्दैन जति मलाई लाग्छ । म आफ्नो बाथरुममा आफै साफ गर्छु, कोठामा झा’ डु पनि आफै लगाउँछु ।

आदित्य नारायण झाले बाल कलाकारको रुपमा र बाल गायकको रुपमा बलिउडमा काम गरेका छन्। सन् २०१० मा उनले फिल्म ‘सापित’बाट डेब्यू गरेका थिए। फिल्मको गीतमा उनकै स्वर रहेको थियो। तर फिल्मले राम्रो सफलता पाउन नसकेपछि उनी अन्य प्रो’जेक्टमा लागेका छन्। गायक उदित नारायण झाले भारतमा संगीत क्षेत्रमा आफ्नो करिअर बनाए भने छोरा आदित्य नारायणले बलिउडमै आफ्नो करिअर बनाउन लागि परेका छन्।

याे पनि पढ्नुहाेस
अहिलेका नेताबाट देश विकासको आशा गर्न सकिन्न : निखिल उप्रेती
काठमाडौं । अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घा’त गर्ने दु’श्मनहरुको प्र’तिकार गर्न अपिल गरे ।

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’

उनले प्रश्न गरे, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं । आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वै’मनश्यता ।’

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे । ’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्र’ममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा वि’रामी र दोस्रो ’विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को वि’रामीमा लिन मिल्दैन ।

घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । ‘यिनीहरुले कहिले पनि देशलाई शान्त तु’ल्याउन सक्दैनन् । जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन ।हामी पनि उनीहरुकै पछि लाग्यौ ।

किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने?’ उनले प्रश्न गरे ।अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो ।

‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं । नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो । यो भूमिको डिमान्ड हो । सजिलै अरु ठाउँ जान बनाउने होइन,’ उनले भने ।

याे पनि
दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित
विवाहलाई लिएर एक भयावह घटना घटेको छ । जसले गाउँ नै स्तब्ध बनेको छ । भारत, उत्तर प्रदेश आगराको ताज शहरबाट एउटा स्तब्ध पार्ने समाचार आएको कुरा भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । मिडिया रिपोर्टका अनुसार दुई जना दाजुभाइले दुई जना बहिनीलाई विवाह गरेका थिए ।

भएको के भने विवाह भएको राति नै ति दुई दुलहीले गर गहना लिएर फरार भएका हुन् । विवाहको पहिलो रात सुरु हुनुभन्दा ठीक अघि शौचालय जाने बहानामा फिल्मी स्टाइलमा गहना–रूपैयाँ लिएर फरार भएको खुल्न आएको छ । दुलही खोज्दा सुराकसम्म पनि फेला नपारेपछि केटाहरुसहित सिंगो परिवार निराश छ ।

जानकारी अनुसार दुबै दुलहीको माइतीबाट विदा भएर आएको तीन घण्टा पछि बाह प्रहरी चौकी क्षेत्रमा रहेको फेरेरा गाउँ पुगेर फरार भएको खुल्न आएको छ । बाह प्रहरी चौकी क्षेत्रको फेरेरा गाउँ निवासी दुई भाइको बिहीबार सोनभद्रकी दुई दिदीबहिनीसँग विवाह भएको थियो ।

राति ११ बजे तिर बिहे पूरा भयो । त्यसपछि माइतीले दुई छोरी दिएर विदा गर्दिएका थिए । आरोप छ कि दुलहीको भाइले पनि विवाहको लागि एक लाख ६० हजार रूपैयाँ लिएका थिए । रातको एक बजे दुबै दुलहीहरु आफ्नो भर्खर बनेको नयाँ घर अर्थात श्रीमानको घरमा पुगेका थिए ।

राति सुत्ने तयारी हुँदै गर्दा दुलहीले शौचालय जान्छु भनिन् । भर्खर आएकी दुबै बुहारीहरू लिएर सासु शौच गराउन खेतमा गइन् । त्यहाँ एक दुलहीले जुक्ति लगाएर लोटामा ल्याएको पानी पोखिन् । त्यसपछि उनीहरुले सासुलाई फेरि पानी ल्याउनका लागि पठाए । जब सासु पानी लिएर फर्किन्, उनले दुबै बुहारीलाई देखिनन् । उनले आफ्नी दुई बुहारीमाथि केहि अनर्थ त भएन भनेर अनुमान लगाउन सुरु गरिन् ।

बुहारी हराएको कुरा उनले परिवारका सदस्यलाई पनि जानकारी गराइन् । उनीहरुले गाउँलेहरूसँग मिलेर हराएका दुलहीको खोजी शुरू गरे । तर दुबैलाई भेट्ने संकेतसम्म फेला पार्न सकिएन् । दुलहीहरुले लगाएको गहना र रुपैयाँसहित हराएका थिए । त्यसपछि सबैजना लगभग के कुरामा पक्का भए भने उनीहरु आफैं षडयन्त्रपूर्वक भागेका हुन् ।

परिवारले पछि थाहा पायो कि दुलहीहरु भाग्नको लागि पहिलदेखि नै तयार भइसकेका थिए । यसका लागि गाउँ बाहिर गाडी पार्क गरिएको थियो । दुबै दुलहीले केटापक्षलाई माइतीघर पनि ढाटेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरु सोनभद्रको नभई अरु कुनै जिल्लाको भएको हुनसक्ने जनाइएको छ ।

अहिले दुलहा र उसको परिवार दुःखी छन् । बुबाले पनि छोरालाई विवाहको लागि एक लाख ६० हजार रूपैयाँ दिएका थिए । ताकि उनीहरूको घर बसोबास गर्न सकून् भनेर उक्त रकम उपलब्ध गराएका हुन् । तर विवाहजस्तो खुःशी हात परेको ती घण्टामा नै सबथोक बर्बाद भयो ।

एजेन्सीको सहयोगमा