Jagaran Nepal मंगलबार, भाद्र १५, २०७८

काठमाडौँ । झट्ट सुन्दा सामान्य लाग्छ । तर, कपालको सौन्दर्यसँग जोडिएको कुरा हो यो। राती सुत्दा तपाई कपाल खुला छाड्नुहुन्छ कि बाँध्नुहुन्छ ?दिनभर त हामी कपालको हेरचाह गर्छौं । स्याम्पु गर्छौ । तेल मसाज गर्छौं । धुलो-धूवाँबाट जोगाउन स्कार्फले ढाक्छौ। तर, राती नि ?

रातभर कपाललाई बेवास्ता गर्छौं। जबकी हामीले राती सुत्ने क्रममा पनि यसको ख्याल राख्नुपर्छ। किनभने राती सुत्दा कपालको ख्याल गरिएन भने टुक्रिने वा रुखो हुने समस्या हुन्छ।

सामान्यतया, धेरै जसो महिलाले राती सुत्दा कपाल खुला छाड्ने गर्छन्। राती सुत्ने क्रममा व्यक्तिको सुत्ने पोजिशन सँगै कपालको पोजिशन पनि बेलाबेलामा परिवर्तित हुने गर्छ। परिणामस्वरुप, कपाल लट्टा पर्ने, कपाल झर्ने तथा कपालमा क्षति पुग्ने गर्छ।

कपालमा हुने क्षति कम गर्न पनि रातको समयमा कपालको उत्तिकै हेरचाह गर्न जरुरी छ।कतिपय मानिसहरु रातको समयमा कपाल बाधेर सुत्दा कपाल झर्ने बताउँछन्। जबकी केही व्यक्ति यसको ठीक विपरित सोच्ने गर्छन्। जसले गर्दा मानिसलाई कपाल बाधेर सुत्ने वा छोडेर भन्ने विषयमा समेत दुविधा रहने गर्छ।

कपाल खोलेर सुत्नु ठिक कि बाँधेर ?
रातमा कपाल बाधेर सुत्नु फाइदाजनक हुन्छ । किनकी कपाल खोलेर सुत्दा कपाल कमजोर हुने गर्छ। परिणामस्वरुप कपाल झर्ने हुँदा कपाल बाधेर सुत्नु नै बढी फाइदाजनक मानिन्छ । यसले कपाल झर्ने समस्या कम हुने गर्छ।कपाल बाँधेर सुत्दाको फाइदा

रुखोपना हट्छ
विशेषगरी, राती सुत्दा पप्रयोग गरिने तकियाले कपालको नरमपना तथा प्राकृतिक तेल सोस्ने गर्छ, जसले गर्दा कपाल रुखो हुनुका साथै सुख्खा हुने गर्छ । परिणामस्वरुप, कपाल र्झने हुदाँ कपाल बाधेर सुत्नु नै उचित हुन्छ ।

कपाल सिल्की हुन्छ
कसैलाई सिल्की कपाल चाहिन्छ भने राती सुत्नु भन्दा पहिले कपालमा हेयर मास्क लगाएर सावर क्याप पहिरिनु पर्छ। विहानीपख माइल्ड स्याम्पूले कपाल धुनाले कपाल सिल्की र साइनी बन्छ।

कपाल टुक्रने डर हुँदैन
कपाल बाध्नाले कपालमा लट्टा पर्दैन , जसले गर्दा कपाल टुक्रने डर पनि हुँदैन । यसबाहेक, सुतीको तकियाको खोलको प्रयोग कपाल सुख्खा हुने गर्दछ । यसबाट बच्न तकियाको खोल सिल्कको प्रयोग गर्नु पर्दछ।

कपाल स्वस्थ हुन्छ
स्वस्थ कपाल चाहिन्छ भने भिजेको कपाललाई कहिल्यै पनि बाधेर सुत्नु हुँदैन । बरु कपाललाई ड्रायरले सुकाएर हल्का किसिमले बाध्नु पर्छ । यसले कपाल टुक्रने जोखिम ८० प्रतिशतसम्म कम हुने गर्छ।

कपालमा कर्ल बस्छ
कर्ली हेयरको सौख राख्ने व्यक्तिले कपाल जुरो बनाएर सुत्नु उपर्युक्त हुन्छ। जसले गर्दा विहानसम्ममा कपाली कर्ली भइसक्छ।

कपाल बाध्ने तरीका
सिधा कपाल हुनेले हल्का चुल्ठो बनाउने । यसले विहान सम्म पनि कपालमा लट्टा पर्न दिदैन।लामो कपाल भएमा जुरो बनाउन उचित हुन्छ । तर जुरो बनाउन यो ध्यानमा राख्न जरुरी छ कि कपाल धेरै नतन्कियोस्।घुम्रेको कपाल हुनेले साइड वा पछाडी पट्टी जुरो बनाएर सुत्नु पर्छ । यसले सुत्नमा कुनै समस्या हुँदैन। र, कपालको आकार पनि विहानसम्म सही अवस्थामा रहन्छ।

याे पनि पढ्नुहाेस
अहिलेका नेताबाट देश विकासको आशा गर्न सकिन्न : निखिल उप्रेती
काठमाडौं । अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घा’त गर्ने दु’श्मनहरुको प्र’तिकार गर्न अपिल गरे ।

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’

उनले प्रश्न गरे, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं । आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वै’मनश्यता ।’

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे । ’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्र’ममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा वि’रामी र दोस्रो ’विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को वि’रामीमा लिन मिल्दैन ।

घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । ‘यिनीहरुले कहिले पनि देशलाई शान्त तु’ल्याउन सक्दैनन् । जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन ।हामी पनि उनीहरुकै पछि लाग्यौ ।

किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने?’ उनले प्रश्न गरे ।अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो ।

‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं । नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो । यो भूमिको डिमान्ड हो । सजिलै अरु ठाउँ जान बनाउने होइन,’ उनले भने ।

याे पनि
दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित
विवाहलाई लिएर एक भयावह घटना घटेको छ । जसले गाउँ नै स्तब्ध बनेको छ । भारत, उत्तर प्रदेश आगराको ताज शहरबाट एउटा स्तब्ध पार्ने समाचार आएको कुरा भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । मिडिया रिपोर्टका अनुसार दुई जना दाजुभाइले दुई जना बहिनीलाई विवाह गरेका थिए ।

भएको के भने विवाह भएको राति नै ति दुई दुलहीले गर गहना लिएर फरार भएका हुन् । विवाहको पहिलो रात सुरु हुनुभन्दा ठीक अघि शौचालय जाने बहानामा फिल्मी स्टाइलमा गहना–रूपैयाँ लिएर फरार भएको खुल्न आएको छ । दुलही खोज्दा सुराकसम्म पनि फेला नपारेपछि केटाहरुसहित सिंगो परिवार निराश छ ।

जानकारी अनुसार दुबै दुलहीको माइतीबाट विदा भएर आएको तीन घण्टा पछि बाह प्रहरी चौकी क्षेत्रमा रहेको फेरेरा गाउँ पुगेर फरार भएको खुल्न आएको छ । बाह प्रहरी चौकी क्षेत्रको फेरेरा गाउँ निवासी दुई भाइको बिहीबार सोनभद्रकी दुई दिदीबहिनीसँग विवाह भएको थियो ।

राति ११ बजे तिर बिहे पूरा भयो । त्यसपछि माइतीले दुई छोरी दिएर विदा गर्दिएका थिए । आरोप छ कि दुलहीको भाइले पनि विवाहको लागि एक लाख ६० हजार रूपैयाँ लिएका थिए । रातको एक बजे दुबै दुलहीहरु आफ्नो भर्खर बनेको नयाँ घर अर्थात श्रीमानको घरमा पुगेका थिए ।

राति सुत्ने तयारी हुँदै गर्दा दुलहीले शौचालय जान्छु भनिन् । भर्खर आएकी दुबै बुहारीहरू लिएर सासु शौच गराउन खेतमा गइन् । त्यहाँ एक दुलहीले जुक्ति लगाएर लोटामा ल्याएको पानी पोखिन् । त्यसपछि उनीहरुले सासुलाई फेरि पानी ल्याउनका लागि पठाए । जब सासु पानी लिएर फर्किन्, उनले दुबै बुहारीलाई देखिनन् । उनले आफ्नी दुई बुहारीमाथि केहि अनर्थ त भएन भनेर अनुमान लगाउन सुरु गरिन् ।

बुहारी हराएको कुरा उनले परिवारका सदस्यलाई पनि जानकारी गराइन् । उनीहरुले गाउँलेहरूसँग मिलेर हराएका दुलहीको खोजी शुरू गरे । तर दुबैलाई भेट्ने संकेतसम्म फेला पार्न सकिएन् । दुलहीहरुले लगाएको गहना र रुपैयाँसहित हराएका थिए । त्यसपछि सबैजना लगभग के कुरामा पक्का भए भने उनीहरु आफैं षडयन्त्रपूर्वक भागेका हुन् ।

परिवारले पछि थाहा पायो कि दुलहीहरु भाग्नको लागि पहिलदेखि नै तयार भइसकेका थिए । यसका लागि गाउँ बाहिर गाडी पार्क गरिएको थियो । दुबै दुलहीले केटापक्षलाई माइतीघर पनि ढाटेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरु सोनभद्रको नभई अरु कुनै जिल्लाको भएको हुनसक्ने जनाइएको छ ।

अहिले दुलहा र उसको परिवार दुःखी छन् । बुबाले पनि छोरालाई विवाहको लागि एक लाख ६० हजार रूपैयाँ दिएका थिए । ताकि उनीहरूको घर बसोबास गर्न सकून् भनेर उक्त रकम उपलब्ध गराएका हुन् । तर विवाहजस्तो खुःशी हात परेको ती घण्टामा नै सबथोक बर्बाद भयो ।

एजेन्सीको सहयोगमा