Jagaran Nepal आइतबार, भाद्र १३, २०७८

काठमाडौ । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने अझै उच्च सर्तकता जरुरी रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो बर्षा निक्कै जोखिमपूर्ण रहेको छ ।

आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज भारी बर्षा हुने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ । अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ ।

तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

पहाडी भूभागमा भू–क्षय र साना–ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।