Jagaran Nepal आइतबार, भाद्र १३, २०७८

आजको समयमा मोटोपनाको समस्या सामान्य भएको छ। व्यस्त जीवनशैली, खानपानको कारण हरेक उमेरका मानिस यो समस्याले हैरान छन्। मोटोपन कम गर्नको लागि मानिस अनेक तरिका अपनाउँछन्, जस्तै; जिम जाने, डाइटिंग गर्ने।

तर केहि घरेलु उपाय प्रयोग गरेर सजिलै मोटोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ। यस्तै उपाय मध्य एक हो लसुन। विभिन्न पोषक तत्वले भरपूर लसुन थुप्रै स्वास्थ्य समस्याबाट राहत प्रदान गर्न मद्दत गर्दछ। यसको सेवनले वजन कम गर्न पनि निकै मद्दत गर्दछ। यी ३ तरिकाले लसुन प्रयोग गर्दा छिटै मोटोपनाको समस्या दूर हुन्छ।

मरिचको साथमा लसुन एक गिलास पानीमा २-४ लसुनको दाना काटेर पानीमा भिजाएर यसलाई रातभर छोड्दिनुहोस्। बिहान उठेर उक्त पानीबाट लसुन निकाल्नुहोस् र पानीमा एक थोरै मरिग मिसाउनुहोस्। अब खाली पेटमा यो मिश्रण पिउनुहोस्।

लसुन र मह २-३ दाना लसुनको बोक्रा निकाल्नुहोस् र तिनीहरूलाई राम्रोसँग पीस्नुहोस्। अब यसमा केहि मह मिलाउनुहोस्। त्यसपछि, १५-२० मिनेटको लागि उक्त मिश्रण त्यत्तिकै छोड्नुहोस् र त्यसलाई उपभोग गर्नुहोस्। नियमित रूपमा यसो गर्नाले तपाईंको शरीरको अन्वाश्यक बोसो पग्लिन्छ र वजन कम हुन सुरु हुन्छ।

लसुनको साथमा कागतीको रस एक गिलास तातो पानीमा २-४ दाना लसुन पिसेर हाल्नुहोस् र केही समयको लागि त्यत्तिकै छोड्नुहोस्। अब एक चम्चा कागतीको रस मिलाउनुहोस् र यसलाई राम्रोसँग मिक्स गर्नुहोस्। यो मिश्रण बिहान खाली पेटमा पिउनुहोस्। दैनिक रूपमा यसो गर्नाले केहि दिन मै तपाईंको वजन कम हुन सुरु हुन्छ।