Jagaran Nepal शनिबार, भाद्र १२, २०७८

एजेन्सी । बलिउड अभिनेता अमिर खान अहिले चर्चामा छन् । उनी कुनै फिल्मका कारण भने चर्चामा आएका होइनन् । उनको दोस्रो विवाह पनि असफल भएका कारण चर्चामा आएका हुन् । आमिरले सन् २००५ मा किरणसंग दोस्रो विवाह गरेका थिए । त्यो भन्दा पहिला उनको विवाह रिना दत्तसंग भएको थियो । रिना त्यस्ती श्रीमती थिइन् जसलाई अमिरले निकै मन पराएर विवाह गरेका थिए । रिना अमिरको सानै देखिको मिल्ने साथी पनि थिइन् ।

छिमेकमै घर भएका कारण उनीहरु निकै मिल्थे । जव उनी ठूला हुँदै गए रिनालाई मन पराउन थाले । अमिरको घरको झ्यालवाट रिनाको घर देखिन्थ्यो । त्यसैले उनी प्राय झ्यालमै बसेर आफ्नो समय बिताउँथे । आफुले त्यसरी माया गरेर विवाह गरेकी पहिलो श्रीमतीसंग उनले १६ वर्षपछि किरणका लागि हात छुटाएका थिए । अहिले उनी किरणको साथ पनि औपचारीक रुपमा छोडेका छन् ।

यद्धपी उनीहरुले आफुहरुको ब्यवसाय संयुक्त रुपमा चलाउने र छोराको पालन पोषण पनि अभिभावका रुपमा गर्ने घोषणा गरेका छन् । आमिर एक सफल फिल्मकर्मी हुन् । उनले निर्माण गरेको लगान फिल्मले २० वर्ष पुरा गरेको छ । सो फिल्म अमिरको जिवनको सफल मध्यको एक फिल्म हो । उनले लगानको सफलका बारेमा कुरा गर्दै आफ्नो पुर्वपत्नीका बारेमा गरेको प्रशंसा अहिले भाइरल भएको छ ।

लगानसँग जोडिएको सबैभन्दा सम्झनलायक क्षण सम्झँदै आमिर खानले एक भारतीय मिडियामा अन्तरवार्ता दिएका छन् । जसमा उनले रिनालाई सम्झेर रोएको कुरा उठाएका छन् । उनले कुराकानीका क्रममा फिल्म सफल हुनुमा आफ्नी पूर्व पत्नी रीना दत्तको हात रहेको बताएका छन् । उनले भने, ‘साँचो भनौं भने मेरो लागि सबैभन्दा खास सम्झनामा छिन्, रीना । मेरी पूर्व पत्नी ।

रीनालाई मैले भने कि यो फिल्म म निर्माण गर्दैछु तिमीले मेरो साथ दिनुपर्छ । उनले भनिन्, फिल्म मेकिङबारे मलाई केही थाहा छैन । वास्तवमा उनी सत्य भनिरहेकी थिइन् । उनले कम्प्युटर साइन्स पढेकी हुन् । यद्यपि उनी सुभाष घईसँग गएर भेटिन्, अशोक ठाकरियासँग भेटिन्, मनमोहन शेट्टीसँग भेटिन् । उनले हरेक कुरा बुझ्ने यत्न गरिन्, फिल्ममेकिङ के हो रु प्राविधिक हिसाबले ।

कति छिटै उनले यो कुरा बुझिन र यति ठूलो फिल्मको व्यवस्थापन गरिन् । मलाई थाहा छ कि, उनी एकदमै अनुशासनप्रिय निर्माता थिइन् । सबैलाई थ’र्काएर राख्थिन्, मलाई, आशुतोष, नुकल कामटे, अनिल मेहता सबैलाई । जब फिल्म पूरा भयो, तब रीनाले एक चिठी लेखिन्, पूरै टिमका लागि । त्यो चिठी पढेर म यति रोएँ कि, त्यो एकदमै इ’मोश’नल चिठी थियो ।