Jagaran Nepal शनिबार, भाद्र १२, २०७८

नयाँ दिल्ली । अहिले भारतको सुरक्षा व्यवस्था र कानूनी शासन एकदम कमजोर भएको चर्चा सर्वत्र चल्न थालेको छ ।

त्यहाँ नागरिकको जिउ धन सुरक्षित छैन भन्दै तिव्र आलोचना गरिएको छ । जब प्रधानमन्त्री नरेन्द्र मोदीको भतीजी नै लुटिएको खबर बाहिर आयो । त्योपनि राजधानी काठमाडौमा नै ।

मोदीकी भतिजी डकैतीको शिकार बनेकी थिइन् । चोरी, डकैती गर्नेलाई प्रहरीले पक्राउ गर्न भने सफल भएको छ ।

पुलिसले एक बयान जारी गरेर भन्यो कि उनी एक सामान्य उजुरीकर्ताको रूपमा हामी कहाँ लुटपाटको शिकार भएको उजुरी लिएर आएकी थिइन् ।

हामीले उनीहरुको उजुरी दर्ता गरायौं र यस विषयमा अनुसन्धान गर्न थाल्यौं। हामीलाई पछि मात्र थाहा भयो कि उनी त पीएम मोदीकी भतीजी रहिछन् ।

तर उनले देखाएको शालिनताले प्रहरीमा भने मनोवल बढेको विश्लेषण गरिन्छ । म प्रधानमन्त्रीकी भतिजी हुँ नभनी उनले सामान्य नागरिक सरह ने मुद्धा दर्ता गराएकी थिइन् ।

पुलिसकी डिप्टी कमिश्नर, उत्तर (डीसीपी) मोनिका भारद्वाजले भनिन्, उजुरी दर्ता गर्दा उनले प्रधानमन्त्रीको परिवारसँग कुनै सम्बन्ध रहेको उल्लेख गरिनन् ।

उनी हामीकहाँ सामान्य उजुरीकर्ता जस्तै आएकी थिइन्। हामीले उजुरी दर्ता गरी अनुसन्धान गरेरपनि अभियुक्त पक्राउ गरेर न्याय दिइसकेका छौ । तपाईलाई जानकारी गराऔँ की दिल्लीको सिभिल लाइन्स क्षेत्र मा एक चोरको शिकार दयमन्ती बेन मोदी परेकी थिइन् । उनी प्रधानमन्त्री मोदीका आफ्नै भाई प्रल्हाद मोदीकी छोरी थिइन् ।

दयमन्ती बेन मोदी अमृतसरबाट दिल्ली आएकी थिइन् । जब उनी एक अटो रिक्शामा गुजरात समाज भवन जाँदै थिइन्, स्कुटर सवार दुई जना चोरहरुले उनको पर्स खोसे।

त्यसबेला पर्समा ५० हजार रुपैयाँ र केहि महत्वपूर्ण कागजातहरु थिए। उनले दिल्ली पुलिसमा उजुरी दिइन् । पुलिसले सीसीटीभी फुटेजको आधारमा लुटेराहरुलाई पक्रियो र दुई दिन भित्र चोरी भएका सबै सामान बरामद गर्यो। दयमन्ती बेन मोदीले पछि पुलिसको छिटो कारबाहीको प्रशंसा गरिन् ।