Jagaran Nepal शुक्रबार, भाद्र ११, २०७८

प्रहरीले काठमाडौंको नक्सालबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमलपोखरीका सञ्जय श्रेष्ठ छन्।

महानगरीय प्रहरी परिसरको टोलीले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो। नक्सालमा जग्गा रहेकी उर्मिला कुमारी खड्काले श्रेष्ठविरूद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

सिंहका अनुसार खड्काले श्रेष्ठलाई लिजमा दस वर्षदेखि जमिन दिएकी थिइन्। लिज अवधि समाप्त भएपछि उनले जग्गा छोड्न श्रेष्ठलाई अनुरोध गरिन्।

तर, उनलाई श्रेष्ठले सार्वजनिक स्थानमा अश्लिल शब्द, गालीगलौज तथा धाकध म्की दिएको, कुटपिट तथा हातपात गर्न खोजेर अभद्र व्यवहार गरेको सिंहले बताए। प्रहरीले अदालतबाट पाँच दिन थुनामा राख्ने म्याद लिएर श्रेष्ठलाई हिरासतमा राखेको छ।

प्रहरीले सञ्जय श्रेष्ठको पृष्ठभूमि गुण्डागर्दी र जग्गामा लगानी गर्ने भन्ने रहेकाले निजबाट अन्य कोही पिडित भएमा सम्पर्क गर्न समेत सबैलाई अनुरोध गरेको छ ।