Jagaran Nepal शुक्रबार, भाद्र ११, २०७८

काठमाडौं । शुक्रबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । इन्डोनेसियामा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । आज बिहान नेपाली समयानुसार बिहान ८ः५७ मिनेट जाँदा भूकम्प गएको जनाइएको छ ।

सो भूकम्पमा परेर कुनै मानविय क्षति भएको जानकारी आइसकेको छैन । गोरोन्टालोबाट ८२ किलोमिटर टाढा भूकम्पको केन्द्र रहेको थियो । इन्डोनेसियाको आधिकारिक नाम गणतन्त्र इन्डोनेसिया हो ।

इन्डोनेसिया दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित एक देश हो । १७,५०८ द्वीपहरू भएको यस देशको जनसङ्ख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो ।

दुनियामा सबैभन्दा धेरै मुस्लिम जनसंख्या छ । त्यस देशको राजधानी जकार्ता हो ।

यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोर र मलेशियासँग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिंगापुर, फिलिपिन्स, अस्ट्रेलिया र भारतको अण्डमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन । त्यसकारण त्यहाँ प्रायः भूकम्प गइरहेको हुन्छ । Source