Jagaran Nepal शुक्रबार, भाद्र ११, २०७८

काठमाडौं । सरकारले यही १४ गते सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयका अनुसार १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मन्त्रालयले सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

यसअघि शनिबार देखि मंगलबारसम्म उपत्यकामा लगातार तीन दिन सार्वजनिक विदा भयो । शनिबार नियमित सार्वजनिक विदा थियो । आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्रा (उपत्यका मात्र) विदा दिइयो ।

यो बर्ष हरितालिका (तीज) व्रत (महिला मात्र) मा भदौ २४ गते विदा छ । सोमबारको विदा भने क्यालेण्डरमा राखिएको छैन । यो मन्त्रिपरिषद्को निर्णयबाट थप गरिएको छ ।