Jagaran Nepal बिहिबार, भाद्र १०, २०७८

काठमान्डौ- मोटरसाइलको ठ’क्करबाट भद्रपुरमा ग’र्भवती महिलाको ज्यान भएको छ । बुधबार साँझ भद्रपुर-९ स्थित कच्ची सडकमा पैदल हि’डिरहेकी २३ वर्षीया दिक्षा चौलागाई प्रसाईलाई मोटरसाइकलले ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट ग’म्भीर घा’इते प्र’साईलाई उपचारका लागि ओ’मसाई पाथीभरा हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ उपचार सं’भव नभएपछि उनलाई थप उपचारका लागि दमकस्थित ला’इफलाईन लगिएको परिवारको भनाई छ ।

प्रहरीका अनुसार प्रसाईको राती २ः३० बजे नि’धन भएको छ । उनको पेटमा रहेको बच्चाको समेत नि’धन भएको बताइएको छ । बा २७ प ६४२२ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेका ३३ वर्षीय मनप्रसाद तिवारीले ठ’क्कर दिएका थिए ।

प्रहरीका अनुसार मापसे गरेर मोटरसाइकल चलाइरहेका तिवारीलाई तत्कालै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चन्द्रगडीको हि’रासतमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार ग’र्भवती दिक्षालाई चि’कित्सकले असोज १२ गतेको डे’ट दिएका थिए ।