Jagaran Nepal बुधबार, भाद्र ०९, २०७८

बखते दाइ तपाईं मृत्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ । आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ । भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।

बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान । आफ्नै आमाको मृत्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको काजकिरियामा बस्नु भएको थियो एक्कासि पापि रोगको नजर कलाकार बखतेतिर लाग्यो ।

शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो । रोगसगको लडाइ लड्दै थिए शम्भु दाइ । लड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फोक्सो पुरै खराब भैसकेछ । यस्तो भए पश्चात् डाक्टर अहोरात्र खटिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधारण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्रद्धाञ्जली ,बैगुन्ठमा बाँस होस् । अहिले भने पर्दामा अक्सर शम्भु थापा यानकि बखते दाईको श्रिमतिको भुमिका निर्वाह गर्ने मधु आचार्य मिडियामा आउदै आफुहरु रिलमा जे भएपनि वास्तवमा दाजे बहिनी थियौ । उहाले आफ्नो मात्रै नभइ हरकोहिको अत्याधिक केयर गर्नुहुन्थ्यो । उहाले सहयोग नगरेको सायदै मान्छे हुदो हो ,उहाँ यसरी बिलय भएर जानू कलाकारिता क्षेत्रकै दुर्भाग्य भएको उनले बताइन । समय भन्दा बलवान् संसारमा केही चिज रहेनछ भन्दै यनि भावुक भइन ।