Jagaran Nepal बुधबार, भाद्र ०९, २०७८

हुन्, एलेक्स खनाल । २१ बर्षका एलेक्स नेपालमै बसेर गाई पालन गर्दछन् । आफ्नो फार्ममा रहेका २२ वटा गाईको स्याहार सुसार गर्नु नै उनको दिनचर्या हो । एलेक्सको कामबाट धेरै नेपाली युवाहरुले प्रेरणा पाएका छन् । बुटवल सालझण्डीका एलेक्स यतिबेला टिकटकमा पनि भाईरल छन् । उनी नेपाली हुन् कि बिदेशी भनेर धेरै झुक्किन्छन् । धेरैले बिदेशबाट आएर नेपालमा यस्तो प्रेरणादायी काम गरेको भनी एलेक्सको खुलेर प्रशँसा पनि गर्छन् । आफ्नो कथा सुनाउँदै एलेक्स अन्तर्वार्तामै रोए ।

को हुन् त एलेक्स ? शिशिर भण्डारीले उनको गाई फार्ममै गएर एलेक्सको वास्तविकता सहितको भिडियो ल्याएका छन् । आफ्नो पुर्खौली कर्म गाई पालनलाई अगाडि बढाएका एलेक्स नेपाली नै हुन् । उनको वर्णका कारण धेरै झुक्किने गर्दछन् उनी बिदेशी हुन् कि भनेर । बिशेष त पर्यटकिय स्थानहरुमा जाँदा उनलाई गाह्रो पर्छ । धेरैले उनलाई बिदेशी सम्झेर त्यहि अनुसारको व्यवहार गर्दछन् ।

एलेक्सले आफु अमेरिकाबाट एजुकेशनल टुरमा नेपालमा आएर गाई पालन गर्न थालेको भनेर सुरुमा सबैलाई अन्यौलमा राख्ददै टिकटकमा भिडियो बनाए । वास्तवमा त्यसो गर्न उनलाई आफ्नै साथीहरुले सुझाएका हुन् । त्यसपछि उनलाई धेरैले टिकटकमा रुचाए । पछि एलेक्सले आफ्नो घर नेपालको बुटवलमै भएको खुलाए । सानोमा अरुबाट हेपिएको पिडा बोकेर एलेक्सले अन्तर्वार्तामा धेरै दुखेसो पोखे । आमा बुवाले पनि छोरालाई सानोमा सबैले हेप्दा दुख लाग्ने बताए । एलेक्स दुख बिसाउँदै रोए । भिडियो हेर्नुस